सिमेन्ट उत्पादक संघ र निर्माण व्यवसायी महासंघबीच विद्युत आपूर्ति सहज बनाउने सहमति

०७ माघ, काठमाडौं । सिमेन्ट उत्पादक संघ र नेपाल निर्माण व्यवसायी महासंघबीच सहमति भएको छ । आइतबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मन्त्री दामोदर भण्डारी र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलको उपस्थितिमा संघ र महासंघबीच सहमति भएको हो ।

उद्योगहरूले उत्पादन गरी माग बमोजिम सिमेन्ट सहजै आपूर्ति हुने गरी उत्पादनमा ध्यान दिन तथा उद्योगहरूमा भइरहेको विद्युत आपूर्तिको कटौती र लोडसेडिङलाई अन्त्य गरी निर्वाध रूपमा उद्योग सञ्चालन गर्ने वातावरण मिलाउने सम्बन्धमा सहमति भएको हो ।

उद्योग मन्त्रालयको तर्फबाट आवश्यक पहल गर्ने तथा सिमेन्ट उद्योगीहरू र निर्माण व्यवसायीहरूले एक-अर्काका समस्यालाई मनन गरी आ-आफ्नो स्थानबाट समन्वय र समझदारी विकास गर्दै औद्योगिक उत्पादन र विकास निर्माणका कार्यमा सँगसँगै अगाडि बढ्ने भन्ने लगायतका विषयमा छलफल भएको छ ।छलफलमा नेपाल सिमेन्ट उत्पादक संघका प्रतिनिधिहरू र नेपाल निर्माण व्यवसायी महासंघसहितका विभिन्न ४ वटा निर्माण व्यवसायसँग सम्बन्धित प्रतिनिधिहरूको उपस्थिति थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours