०४ माघ, काठमाडाैं। संसदका प्रमुख चार दलका प्रमुख सचेतकहरुको बैठकले संसदलाई प्रभावकारी बढाउन सबै दलहरू एकठाउँमा उभिएर काम गर्ने निस्कर्ष निकालेको छ ।
शुक्रवार सिंहदरबारमा भएको प्रमुख समेतकहरुको बैठकले यस्तो निस्कर्ष निकालेको एमाले प्रमुख सचेत महेश बर्तौलाले बताए ।
उनले सरकारले संसदलाई दिएको बिजनेस वा विधेयकहरू छिटो–छरितो ढंगबाट कानून निर्माणको तहमा पु¥याउन संसदीय दलहरूले भुमिका खेल्ने विषयमा छलफल भएको बताए। उनले सरकारले संसदमा ल्याएका विधेयकहरु संसदले पूर्णता नदिँदा वर्षौं होल्ड भएर बस्ने समस्यालाई समस्यालाई हल गरेर जान प्रमुख चार दलहरूबिच सहमति भएको बताए ।
उनले कानून निर्माणको सवालमा संसद अब्बल छ भनि प्रमाणित गर्नको लागि आवश्यक छलफल र सहकार्य गर्दै अघि बढ्ने विषयमा समेत छलफल भएको बताए । बैठकमा नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार सहभागि थियाे ।
+ There are no comments
Add yours