प्रधानमन्त्री कार्यालयमा सरुवा भएका कर्णालीका प्रमुख सचिव पौडेलको बिदाइ

०३ माघ, सुर्खेत । प्रधानमन्त्री कार्यालयमा सरुवा भएका कर्णाली प्रदेश सरकारका प्रमुख सचिव चुडामणि शर्मा पौडेल रमना लिएर बिदा भएका छन् । बिहीबार मुख्यमन्त्री कार्यालयमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री यामलाल कँडेल लगायतले उनको बिदाइ गरे ।

२०८० भदौ २३ मा सहसचिव पौडेललाई सरकारले कर्णालीको कायममुकायम प्रमुख सचिव तोकेको थियो । पछि ८ चैत्र २०८० मा उनलाई सरकारले विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरेको थियो ।

बढुवा भएका पौडेललाई सरकारले कर्णालीको प्रमुख सचिवकै जिम्मेवारी दिएको थियो । चुडामणिको सरुवा भएपछि उनको ठाउँमा मधेश प्रदेशका प्रमुख सचिव रहेका लोकनाथ पौड्याललाई पठाएको छ ।

पौड्याल यसअघि कर्णाली प्रदेशकै सामाजिक विकास मन्त्रालयका सचिव थिए । सचिव हुँदा निकै विवादित रहेका उनलाई तत्कालीन सामाजिक विकास मन्त्री दल रावलले कारबाही गर्न माग गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पत्र लेखेका थिए ।

मन्त्रालयको कार्यसम्पादनमा सहयोग नगरेको, विनाकारण फाइलहरू अड्काएको भन्दै उनलाई कारबाही गर्न पत्र लेखिएएको थियो ।

प्रदेशका कानुन सचिव शंकर बहादुर केसीको पनि सरुवा भएको छ । उनको ठाउँमा वीरेन्द्र बहादुर केसी आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours