०३ माघ, काठमाडौं । इलेक्ट्रिक एसयूभी दिपल एस०७ को अपग्रेडेड र थप शक्तिशाली तथा बढी रेन्ज दिने एसयूभी यसै साता सार्वजनिक हुने तयारीमा छ । नेपालका लागि दिपलको आधिकारिक वितरक एमएडब्लु वृद्धिले यो मोडेल सार्वजनिक गर्ने तयारी गरेको हो ।
दिपल एस०७एलमा १६० किलोवाटको रियर ह्विल ड्राइभ रहेको छ । यसमा ७९.९ किलोवाट आवरको ब्याट्री प्याक छ ।
यसले सिंगल चार्जमा ४८५ किलोमिटर डब्लुएलटीपी रेन्ज दिनेछ । स्पिड इन्थुजियास्टका लागि डिजाइन गरिएको यो इलेक्ट्रिक एसयूभीको टप स्पिड १८० किलोमिटर प्रति घन्टा रहेको छ भने ० देखि १०० किलोमिटर प्रति घन्टाको रफ्तार मात्र ६.६ सेकेन्डमा हासिल गर्नेछ ।
+ There are no comments
Add yours