कांग्रेस संसदीय दलको अनुशासन समिति संयोजकमा दिलेन्द्र बडू

०३ माघ, काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको अनुशासन समितिको संयोजकमा सांसद दिलेन्द्र बडूलाई नियुक्त गरेको छ ।

संसदीय दलको कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठकले बडूलाई संयोजकमा नियुक्त गर्ने निर्णय गरिएको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी गराए ।

पार्टीबाट संसदीय समितिमा संयोजक तोकिएका तीन जनाको ठाउँ रिक्त भएकाले पदपूर्ति गरिएको घिमिरेले बताए ।

संसदीय दलसँग सम्बन्धित तीन निर्णय गरेको छ । संसदीय दल अनुशासन समिति दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा गठन गर्ने निर्णय भएको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी गराए ।

संसदीय समितिमा १/१ जना संयोजक तोक्ने संसदीय दलको विधानको व्यवस्था अनुसार रिक्त भएका ठाउँमा पदपूर्ति गरिएको छ ।

अर्थ समितिमा संयोजक डा. प्रकाशशरण महत, लेखा समितिमा सञ्जय गौतम र कृषि समितिमा चन्दा चौधरीलाई पार्टीबाट संयोजक तोकिएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours