०३ माघ, काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाल अमृत–४ सावधिक बीमालेख योजना ल्याएको छ ।
वरिष्ठ अभिकर्ताहरूको सुझाव र मागलाई मध्येनजर गर्दै बाल अमृत बीमालेख अन्तर्गत बाल अमृत–४ सावधिक बीमालेख योजना ल्याइएको कम्पनीले जनाएको छ ।
यो योजना बाल बच्चाको उज्वल भविष्यसँग सम्बन्धित रहेकोले यो योजना कम्पनीकै एक अब्बल योजना रहेको कम्पनीको भनाइ छ ।
यस बीमालेखमा बीमितको प्रवेश उमेर न्यूनतम १ महिना (३०) दिन र अधिकतम १५ वर्ष, प्रस्तावकको उमेर न्यूनतम २० वर्ष र अधिकतम ५० वर्षसम्म रहने प्रावधान रहेको बजार विभाग प्रमुख विवेक शर्माले जानकारी दिए ।
यस बीमालेखमा प्रस्तावकको रूपमा बुबा, आमा वा कानुनी संरक्षक हुनुपर्नेछ । बीमांक रकम न्यूनतम १ लाख र अधिकतम आयस्रोतको आधारमा ५० लाखसम्म लिन सकिने यस बीमालेखले प्रस्तावकको पनि जोखिम रक्षावरण गरेको हुन्छ । बीमाशुल्क मासिक, त्रैमासिक अर्धवार्षिक र वार्षिकरूपमा बुझाउन सकिने व्यवस्था गरेको छ ।
यसैगरी यस बीमालेख योजनामा अधिकतम बीमा समाप्ती उमेर ७० वर्ष रहेको छ साथै चुक्ता मूल्य, ऋण, समर्पण मूल्य र आयकर छुट लगाएतका अन्य सुविधहरु पनि यस बीमालेखमा रहेको बताए ।
यस बीमालेखलाई प्रवर्द्धन गर्ने उदेश्यले बीमित तथा अभिकर्ताका लागि बीमालेख आरम्भ सप्ताह प्रोत्साहन योजना पनि लागु गरिएको बताए ।
+ There are no comments
Add yours