सरकारी वकिलले थाले जवाफी बहस

०२ माघ काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस चलिरहेको छ ।

काठमाडौं जिल्ला अदालतमा अहिले सरकारी वकिलले जवाफी बहस गरिरहेका छन् । रविको पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, रमण श्रेष्ठ र सुरज बस्नेत र सुरेन्द्र काफ्लेको बहस सकिएपछि सरकारी वकिलको जवाफी बहस सुरु भएको हो ।

रविकै तर्फका अधिवक्ता राजेन्द्र सेढाइँले बहस नोट मात्र बुझाए । बहस लम्बिएको भन्दै बहस छोट्याउने प्रयास स्वरुप रवि पक्षका सेढाइँले बहस नोट मात्र बुझाएका हुन् ।

जाहेरवाका तर्फबाट बहस गरेका सरकारी वकिलहरूको जवाफी बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीले थुनछेकको आदेश गर्नेछन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours