२९ पुस, काठमाडौँ । सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । साताको पहिलो कारोबार दिन आइतबार १६ सय रुपैयाँले बढेको सुन सोमबार प्रतितोला १ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन एक लाख ५५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुन एक लाख ५५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै सोमबार चाँदी १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ६८५.५२ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३०.२१ डलरमा कारोबार भइरहेको छ ।
+ There are no comments
Add yours