२८ पुस, काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाएको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई प्रहरीको जिम्मा लगाउने आदेश गरेको हो ।
आइतबार बिहान अदालतमा हाजिर भएका लामिछानेको बयान आजै सकिएको हो । उनको बयान सकिएपछि थुनछेक बहसको तयारी भएको थियो । तर, सरकारी वकिलहरूले समय मागेपछि आज थुनछेक बहस हुन सकेन ।
+ There are no comments
Add yours