जग्गा छ, घर बनाउने पैसा छैन ? ‘सपनाको घर’ बनाउन नबिल बैंकले दिँदैछ यस्तो सेवा

२८ पुस, काठमाडाैं । आर्थिक कृयाकलापमा सुस्तता आईरहेका बेला आम उपभोक्ता अनि सेवाग्राही पनि त्यसको प्रभावबाट अछुतो छैनन् । अझ न्यून आय भएकाहरूलाई आफ्नो कमाईबाट दैनिकी गुजारा टार्न समस्या भईरहेको छ भने मध्यमस्तरका नागरिक केही सहज अवस्थामा छन् । यद्यपि दुवै वर्गका मानिसलाई अहिलेको अवस्थामा आफ्नै घर बनाउने र आफ्नै घरमा बस्ने कुरा एकदमै चुनौतीपूर्ण छ ।

जीवनभरको कमाईले जग्गा जोडेकाहरुले पनि वित्तीय अभावमा आफ्नै घर बनाउन सकिरहेका छैनन् । सामान्य किसिमको जीवनयापन गर्दै आएपनि तत्काल वित्तीय स्रोतको अभावका कारण जग्गा भएर पनि घर बनाउन नसकिरहेकाहरूलाई नबिल बैंकले सहज रुपमा घर बनाउन सघाउने भएको छ । जग्गा भएका र सामान्य आम्दानी भएका व्यक्ति तथा परिवारहरूलाई ठूलो वित्तीय भार नपर्ने गरी सहज किस्ताको व्यवस्थाबाट घर बनाउन बैंकले कर्जा दिने भएको हो । न्यून ब्याजदरमा लामो अवधिको कर्जाले ऋणीलाई वित्तीय बोझ नहुने बैंकको भनाई छ । बैंकका अनुसार ५० लाख रुपैयाँ ननाघ्ने गरी घर निर्माण गर्दा वा खरिद गर्दा लागतको शतप्रतिशतसम्म कर्जा उपलब्ध हुनेछ ।

जग्गा भएर वित्तीय अभावमा घर बनाउन नसकिरहेका व्यक्ति तथा परिवारको घर बनाउने सपना पुरा गर्न ‘नबिल अफोर्डेबल हाउजिङ लोन’ नामक कर्जा योजना ल्याइएको नबिल बैंकको रिटेल लेण्डिङ युनिट प्रमुख चाँदनी श्रेष्ठले बताइन् । यस्तो कर्जा योजनाले घर बनाउने व्यक्तिहरूलाई ऋण लिएको महसुस नगराउने भएकाले धेरैभन्दा धेरै व्यक्ति र परिवार यो कर्जा योजनामा सहभागि हुन सक्ने बैंकको भनाई छ ।

कर्जा अवधि पुरा नहुँदै सबै कर्जा चुक्ता गर्न चाहेमा ऋणीलाई कुनै किसिमको शुल्क नलाग्ने व्यवस्था बैंकले गरेको छ ।

श्रेष्ठका अनुसार नबिल बैंकले जग्गा भएका व्यक्तिलाई घर बनाउनका लागि यस्तो कर्जा उपलब्ध गराउनेछ । साथै घर तथा अपार्टमेन्ट खरिद गर्न, मर्मत तथा अपग्रेड गर्न चाहनेहरूले बैंकबाट सहजै कर्जा लिन सक्ने उनले जानकारी दिइन् । ५० लाखको सीमामा रहेर घर खरिद गर्न पनि सकिने उनको भनाई छ । शहरी क्षेत्रमा यो कर्जा रकमले घर नै किन्न सम्भव नभए पनि शहर आसपासका बासिन्दालाई पनि कर्जा योजनाले समेट्ने उनले बताइन् ।

अन्य शिर्षकका कर्जाको तुलनामा न्यून प्रिमियम अर्थात आधार दरमा ०.७५ प्रतिशत मात्र प्रिमियम थप गरी व्याज निर्धारण हुनेछ । यस आधारमा पुस महिनाका लागि वार्षिक ७.२६ प्रतिशत ब्याजदरमा बैंकले कर्जा उपलब्ध गराउनेछ । बैंकले घर निर्माण तथा खरिद गर्दा ५० लाखसम्मको सीमामा शतप्रतिशत फाइनान्स गरिदिने श्रेष्ठले बताइन् ।

कर्जा अवधि पुरा नहुँदै सबै कर्जा चुक्ता गर्न चाहेमा ऋणीलाई कुनै किसिमको शुल्क नलाग्ने व्यवस्था बैंकले गरेको छ । कर्जा लिने समयमा भने कुल कर्जाको ०.५ प्रतिशत प्रशासनिक शुल्क लाग्ने रिटेल लेण्डिङ युनिटको भनाई छ । युनिटका अनुसार अन्य कर्जाको तुलनामा घर कर्जामा यस्तो शुल्क न्यून हो । “आफ्नो सपनाको घर बनाउन चाहने ग्राकहरुलाई लक्षित गरेर हामीले शुल्क तथा व्याज न्यून दरमा कायम गरेका छौं, यसले घर बनाउन चाहने जो कोहीलाई पनि वित्तीय भार पार्दैन भन्नेमा बैंक विश्वस्त छ,” युनिट प्रमुख श्रेष्ठले भनिन् ।

“आफ्नो सपनाको घर बनाउन चाहने ग्राकहरुलाई लक्षित गरेर हामीले शुल्क तथा व्याज न्यून दरमा कायम गरेका छौं, यसले घर बनाउन चाहने जो कोहीलाई पनि वित्तीय भार पार्दैन भन्नेमा बैंक विश्वस्त छ,”

अधिकतम ५० लाख रुपैयाँसम्मको कर्जा ३५ वर्ष अवधिसम्मको किस्ताबन्दीमा भुक्तान गर्न सकिन्छ । कर्जा तिर्ने अवधि लामो हुनु, व्याजदर सस्तो हुनु लगायत कारणले ऋणीलाई कर्जा लिएको महसुस नै नहुने युनिटको बुझाई छ । “न्युन आकारको किस्ता हुँदा ऋणीलाई समयमा नै किस्ता तिर्न सजिलो हुन्छ,” श्रेष्ठ भन्छिन्, “अझ भनौ ‘नबिल अफोर्डेबल हाउजिङ लोन’ लिने हरुले महिनामा एक लाख रुपैयाँको जम्मा ६७५ रुपैयाँ मात्र किस्ता तिर्दा हुन्छ । ५० लाखको कर्जा लिनेले पनि महिनामा ३३ हजार ७५० रुपैयाँ मात्र मासिक किस्ता तिरेर घर बनाउन वा बनिरहेको घर किन्न सक्छन् ।”

नबिल बैंकका देशभरका सबै शाखाबाट सहज रुपमा यस्तो कर्जा उपलब्ध गराउने व्यवस्था बैंकले गरेको छ । यो कर्जा लिनेहरुलाई बैंकले निशुल्क क्रेडिट कार्ड पनि उपलब्ध गराउनेछ । कर्जा रकमले घर बनाएपछि वा किनेपछि घरमा चाहिने आवश्यक फर्निचर, अप्लाइन्सेज तथा अन्य वस्तु खरिद गर्न सजिलो होस् भनेर आजीवन म्याद रहने क्रेडिट कार्ड निशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको बैंकको भनाई छ ।

बैंकबाट कर्जा लिन सहन महसुस नगर्ने, कर्जाको किस्ता तिर्न सक्दिन कि भन्नेहरुलाई यो कर्जा योजनाले अनुकुलता प्रदान गर्ने बैंकको भनाई छ । अन्य शीर्षकका कर्जाहरुमा आम्दानीको अनुपातमा न्युन आकारका कर्जा मात्र स्वीकृत हुने गर्दछन् । यो कर्जा योजनामा भने आम्दानीको अनुपातमा पनि धेरै आकारको कर्जा स्वीकृत हुने र लामो अवधिको कर्जा भएकाले ऋणीलाई वित्तीय भार नपर्ने बैंकको विश्वास छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours