रिक्त २५ प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीका लागि ६० भन्दा धेरै एसपी आकांक्षी शक्तिकेन्द्रको टकरावका कारण उपरीक्षक एसएसपीमा बढुवा

२५ पौष, काठमाडाैँ । नेपाल प्रहरीमा रिक्त २५ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को बढुवा प्रक्रिया अलपत्र परेको छ । गत भदौदेखि दरबन्दी खाली हुँदा पनि शक्तिकेन्द्रको टकरावका कारण प्रहरी उपरीक्षक (एसपी) बाट एसएसपीमा बढुवा प्रक्रिया अवरुद्ध भएको प्रहरी अधिकारीहरू बताउँछन् ।

रिक्त दरबन्दीका लागि एकै ब्याची एसपीहरू छन् । तर, एसपीमा बढुवा हुँदा एकै समय नभएका कारणले गर्दा अप्ठेरो परेको हो । पछि बढुवा भएकाहरूको दबाबमा गृहमन्त्री रमेश लेखकदेखि प्रहरी प्रमुख आईजीपी वसन्त कुवँरसमेत परेका छन् ।

दबाब झेल्न नसकेर आईजी कुवँरले शक्तिकेन्द्र धाउने प्रहरी अधिकारीलाई कारबाहीको चेतावनीसमेत दिइसकेका छन् । हाल प्रतिस्पार्धामा रहेका एसपीहरू ०५८ सालमा एकैसाथ भर्ना भएका अधिकृत हुन् ।

यिनीहरू चार चरणमा गरी एसपीमा बढुवा भएका हुन् । जसकारण एकै टोलीमा भर्ना भए पनि एसपीको बढुवामा पहिलो चरणका बढुवा भएका अधिकारीभन्दा अन्तिममा भर्ना भएका एसपीको दबाब तीव्र भएपछि बढुवा प्रक्रिया नै अलपत्र परेको हो ।

पहिलो लटमा डीएसपीबाट एसपीमा बढुवा हुनेहरूमा रमेश थापा, कृष्ण पंगेनी, नवराज अधिकारी, कृष्णप्रसाद कोइरालासहित १५ जना छन् । उनीहरू ०७५ मा एसपीमा बढुवा भएका हुन् ।

यसरी नै दोस्रो लटमा बढुवा हुनेहरूमा होबिन्द्र बोगटी, प्रभु ढकाल, सन्तोषसिंह राठौरसहित १६ जना छन् । उनीहरू ०७७ मा वैशाखमा एसपी बनेका हुन् ।

तेस्रो लटमा भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेश काफ्लेसहित १५ जना ०७७ माघ २० मा बढुवा भएका थिए । यही ब्याचको चौथो टोली ०७८ मंसिरमा जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सिनासहित पाँचजना छन् ।

यही ब्याचबाट अन्तिम लटमा बढुवा हुनेमा सीताराम रिजाल, भीमकिरण बोगटीसहित आठजना छन् । उनीहरू ०७९ एसपी भएका थिए ।

यो ब्याचबाहेक उनीहरूभन्दा दुई वर्षअघि २०५६ मा भर्ना भएका गोविन्द अधिकारी, विनोद सिलवाल, विमलराज कँडेलसमेत एसएसपीका प्रमुख दाबेदार हुन् । उनीहरू ०७५ मा नै एसपी बनेका थिए ।

उनीहरूपछि एसपी भएकाहरूमा तुलबहादुर कार्की, राकेशसिंह राजीव बस्नेत, रामप्रकाश साह र केदार खनालसमेत एसएसपीका दाबेदार छन् ।

चौथो ब्याचामा बढुवा भएका जोशीसहित केही अधिकारीलाई बढुवा गरेर उनीहरूभन्दा तीन वर्षअघि एसपी भएकाहरू नै रोकिने अवस्था आएपछि बढुवा प्रक्रिया रोकिएको केही अधिकारी बताउँछन् । जोशी गृहमन्त्री लेखककै गृहजिल्ला कञ्चनपुरमा कार्यरत छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours