२९ पुसदेखि तेस्रो डीएभी बीसीए इन्टर कलेज फुटसल प्रतियोगिता, तयारी पूरा

२४ पुस, काठमाडौं । डीएभी बीसीए कलेजको तेस्रो संस्करणको बीसीए अन्तर–कलेज फुटसल कप प्रतियोगिता २९ पुसदेखि हुने भएको छ । कलेजका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

खेलकुदका माध्यमबाट कलेजहरूबीच एकता, सहकार्य र भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आइरहेको कलेजका प्रोग्राम कोर्डिनेटर सुदीप अधिकारीले जानकारी दिए ।

तेस्रो संस्करणको फुटसल कपमा काठमाडौं उपत्यकाका बीसीए कलेजहरूका ३२ टिम सहभागी हुनेछन् ।

प्रतियोगितामा प्रथम हुने टिमले एक लाख ५० हजार नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

यसैगरी दोस्रो हुने टिमले ७५ हजार नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

साथै व्यक्तिगत तर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई पनि ट्रफीले सम्मान गरिने कलेजले जनाएको छ ।

२ माघमा अन्तिम चरणका खेलसँगै पुरस्कार वितरण समारोह हुने कलेजले जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours