कोशी प्रदेशमा बर्षा र हिमपातको सम्भावना, बिहान हुस्सु र कुहिरो लाग्ने

२४ पौष, काठमाडाैँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेको छ। तराईका धेरै स्थानहरूमा हुस्सुरकुहिरो लागेको छ ।

आज दिउँसो कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । रातीː कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ भने अन्य प्रदेशको मौसम सामान्यतया सफा रहेको छ । बिहीबार दिउँसो कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको भने अन्य प्रदेशको मौसम सफा रहनेछ ।

कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

त्यस्तै, बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने मौसमविद्ले जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours