जय ट्रफीको पहिलो खेल जित्न बागमतीलाई १६४ रनको लक्ष्य

२२ पुस, काठमाडौं । जय ट्रफी एलिट कप अन्तर्गत जनकपुरमा मधेश प्रदेश र बागमती प्रदेशका बीचमा खेल जारी छ ।

मधेश प्रदेशले बागमती प्रदेशलाई १६४ रनको लक्ष्य दिएको छ । मधेशले दोस्रो इनिङमा ९ विकेट गुमाएर २११ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गरेपछि १६३ रनको अग्रतासहित १६४ रनको लक्ष्य दिएको हो । अब बागमतीले अन्तिम सेसनको करिब एक घण्टाको खेलमा १६४ रन बनाउनुपर्नेछ अन्यथा ड्र हुनेछ ।

मधेशका लागि दोस्रो इनिङमा ओपनर मयन यादवले शतकीय पारी खेले । उनले १०६ रन बनाएका थिए । अभिषेक तिवारीले १९ रन बनाए । बागमतीका कप्तान सन्दीप लामिछानेले १७ ओभरमा ८८ रन दिएर ५ विकेट लिए । सुर्य तामाङले २ तथा रिजन ढकाल र नन्दन यादवले १-१ विकेट लिए ।

बागमतीले १३ ओभर खेल्दा २ विकेट गुमाएर ३४ रनको अवस्थाबाट दोस्रो दिनको खेल सुरू गरेकोमा १५० रनमा अलआउट हुँदै ४८ रनको अग्रता बनाएपछि मधेशले दोस्रो इनिङ सुरू गरेको थियो ।

बागमतीका नन्दन यादवले सर्वाधिक ४७ रन बनाएका थिए भने शुभ कंसाकारले ३५ तथा कप्तान सन्दीप लामिछानेले ३३ रन बनाए । मधेशका रुपेश सिंह र अभिषेक तिवारीले ४-४ विकेट लिए भने‍ विशाल पटेल र रन्जित कुमारले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको मधेशले ३५.२ ओभरमा अलआउट हुँदै पहिलो इनिङमा १०२ रन बनाएपछि जवाफमा बागमतीले पहिलो इनिङमा १५० रन जोडेको हो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours