२२ पुस, काठमाडाैं । सिटी होटल लिमिटेडले सञ्चालन गर्दै आएको होटल हायात प्यालेस अब हायात सेन्ट्रिकमा रुपान्तरण भएको छ ।
ह्यात होटल्स कर्पोरेशन र सिटि होटल लिमिटेडले ह्यात प्लेस काठमाडौं अब ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौँमा रुपान्तरण भएको घोषणा गरेका हुन् । यो नेपालको पहिलो ह्यात सेन्ट्रिक ब्राण्डको होटल भएको सिटप् होटलले जनाएको छ ।
ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौंले आधुनिक यात्रुहरूलाई नेपालको राजधानी, काठमाडौँको सारलाई अनुभव गर्न स्वागत गर्दछ र आधुनिक डिजाइन, जीवन्त कला, उत्कृष्ट पाककला र नवीन अनुभवहरुको जीवन्त मिश्रण प्रदान गर्दछ । यस होटलले गतिशील सामाजिक स्थानहरू, स्थानीय सहकार्यहरू तथा रमाइलो र जानकारीमूलक अनुभवहरूको माध्यमबाट स्थानीय संस्कृतिलाई झल्काउँछ,” विज्ञप्तिमा भनिएको छ ।
नव रुपान्तरित स्थानहरु तथा विशिष्ट अनुभवहरू
ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौं होटलको प्रत्येक कुनाले काठमाडौँ सहरको कथाहरु व्यक्त गर्दछ । ‘विस्तृत पुनःनिर्माण तथा नवीकरण पश्चात्, हामी ह्यात सेन्ट्रिक ब्राण्डलाई नेपालमा प्रस्तुत गरी हाम्रा अतिथिहरूलाई काठमाडौंको सांस्कृतिको झलक दिन र आधुनिक सेवा प्रदान गर्न उत्साहित छौं,’ सिटि होटल लिमिटेडका कार्यकारी संचालक अक्षय गोल्यानले भने, ‘ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौं खोज तथा अनुसन्धानलाई प्रेरित गर्नका लागि डिजाइन गरिएको छ, र यात्रुहरुलाई कुनै अनुभवको कमी हुन नदिनको लागि आधुनिक स्थानीय स्थान प्रदान गर्दछ ।’
जीवन्त लबी:
लबीलाई यात्रुहरुलाई स्वगत सत्कार गर्ने, खुला सामाजिक स्पेसको रुपमा प्रस्तुत गरी खोजीको केन्द्रको रुपमा पुनःपरिकल्पना गरिएको छ । होटलको प्रवेशद्वारलाई स्थानीय कलाबाट प्रेरित विभिन्न तत्वहरू र मूर्तिहरू राखि डिजाइन गरिएको छ । मैत्रीपूर्ण र जानकार कर्मचारीहरूले अतिथिहरूलाई सहरको खोजी तथा भ्रमणमा सहयोग पुर्याउन आफ्ना स्थानीय ज्ञान बाड्न सदैव तयार छन् ।
पुनर्जीवित इभेन्ट स्पेसहरु:
८,६०० वर्ग फिटभन्दा बढीको आवश्यकता अनुसार मिलाउन मिल्ने बैठक र कार्यक्रम स्थानहरू खानपान सेवा, सुविधाहरू सहित उपलब्ध छ । १० देखि ६०० व्यक्ति अटाउने यी स्थानहरु बैठक, विवाह, र सिर्जनात्मक भेला जस्ता कुनै पनि कार्यक्रमका लागि उपयुक्त छन् । यी सबै स्थानहरु अतिथिहरूको आवश्यकता अनुकूल बनाउन मिल्दछ ।
सेंट्रिक लाउन्ज:
सेंट्रिक लाउन्ज जीवन्त कम्युनिटि बार हो जहाँ स्थानीयहरू र अतिथिहरूले विशेषज्ञतापूर्वक तयार गरिएको कफी, सिग्नेचर ककटेल, र स्थानीय स्वादले प्रेरित परिकारहरूको साथमा रमाउन सक्दछन् ।
खानपान र पेय अनुभवहरू:
नून: पुरा दिन संचालन हुने रेस्टुरेन्ट( जसले स्थानीय स्वादको तड्का मिसिएका विश्वभरबाट प्रेरित परिकारहरू सरलता र वास्तविकतालाई पेश गर्दछ ।
जिङ स्काई पूल बार र डेक: काठमाडौंको शानदार दृश्यहरू तथा स्थानीय र अन्तर्राष्ट्रिय प्रभावबाट प्रेरित मेनु सहितको एक आधुनिक पूलसाइड सञ्चालनमा छ ।
आराम र रोमाञ्च दुवैको अनुभव
ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौंको १५३ कोठाहरू उपयोगिता र आकर्षणका लागि डिजाइन गरिएको छ। यस होटल अतिथिहरूलाई निःशुल्क वाइफाइ तथा आवश्यक सबै कुरा सजिलै उपलब्ध गराउने मनसायले बनेको छ ।
‘अतिथिहरूलाई तथा वर्ल्ड अफ हयात सदस्यहरूलाई नेपालको पहिलो हयात सेन्ट्रिक ब्राण्डको होटलमा स्वागत गर्न पाउँदा हामी उत्साहित छौं। हाम्रो लक्ष्य काठमाडौंको सारलाई होटलको प्रत्येक कोणबाट प्रस्तुत गरी अविस्मरणीय अनुभवहरू सिर्जना गर्नु हो,’ हयात सेन्ट्रिक सोल्टीमोड काठमाडौंका महाप्रबन्धक वरुण तलवारले भने ‘मिहिन डिजाइन देखि नवीन पाककला प्रस्तुत गरी हामी प्रत्येक यात्रीको रोमान्चक यात्राको सुरुवात बिन्दु बन्न चाहन्छौं ।’
+ There are no comments
Add yours