भ्वाइस अफ नेपालको छैटौं सिजनको प्रसारण ४ माघदेखि

२२ पुस, काठमाडौं । सांगीतिक रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को प्रसारण मिति घोषणा भएको छ । ४ माघ (जनवरी १७) देखि यो कार्यक्रम हिमालय टिभीमा प्रसारण हुनेछ ।

हिमालय टिभीमा शुक्रबार र शनिबार राति ८ बजे भ्वाइस अफ नेपालको युट्युब च्यानलमा साढे ८ बजे कार्यक्रम आउनेछ । छैटौं सिजनमा पनि ब्लाइन्ड, ब्याटल, नकआउट र लाइभ राउण्ड हुनेछन् । ब्लाइण्ड अडिसनमा ६१ जनाले प्रतिस्पर्धा गर्नेछन् ।

६१ जनाको ब्लाइन्ड अडिसन लिंदा २५ जनाले चारै कोचको कुर्सी घुमाउन सफल भएको खबर पहिल्यै आइसकेको छ । भ्वाइसको इतिहासमा यो रेकर्ड भएको निर्देशक लक्ष्मण पौडेलले बताइसकेका छन् ।

नयाँ सिजनमा मेलोडी जनराका कलाकार बढी आएका छन् । त्यसपछि रक गाउनेको संख्या धेरै छ । सबैभन्दा न्यून लोकदोहोरी जनराका छन् । लोकदोहोरीलाई समावेशी तुल्याउन यसपटक चर्चित लोकदोहोरी गायक खेम सेन्चुरी कोचको रुपमा छन् । सेन्चुरीका साथै यसपटक राजु लामा, उदय सोताङ र मेलिना राई कोचको रुपमा छन् ।

हिमालय टिभीले सन् २०२५ मा प्रतीक्षित टिभी कार्यक्रमहरू ल्याउने जनाएको छ । जसमा शार्क ट्यांक, हिमालय रोडिज र भ्वाइस अफ नेपालको नयाँ संस्करण, भ्वाइस किड्स, कमेडी नाइट्स विथ च्याम्पियन पनि ल्याउने तयारी छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours