एमसिसि सम्झौताको लागि थप ५० मिलियन डलर अमेरिकाद्वारा स्विकृत, कूल ७४७ मिलियन डलर पुग्ने

१९ पुष, काठमाडौँ । एमसिसि सम्झौताको लागि थप ५० मिलियन डलर अमेरिकाले स्विकृत गरेको छ ।

अमेरिकी दूतावास काठमाडौले सामाजिक सॅजाल एक्समा उक्त कुरा प्रकाशन गरेको छ ।

मिलेनियम च्यालेन्ज कर्पोरेसन (MCC) बोर्डले Millennium Challenge Corporation – MCC नेपाल कम्प्याक्टको लागि थप ५० मिलियन अमेरिकी डलर स्वीकृत गरेको जनाएको छ ।

सम्झौताको कुल वजेटलाई ७४७ मिलियन अमेरिकी डलरसम्म पुर्याउने दूतावासले बताएको छ ।

विज्ञप्तीमा यो उत्तम कदमले अमेरिका र नेपाल बीचको लगातार र सशक्त साझेदारीलाई प्रदर्शन गर्दछ । यस्ले नेपाली नागरिकहरूको जीवनस्तर सुधार गर्नका लागि रूपान्तरणकारी पूर्वाधार परियोजनाहरू अघि बढाउनको लागि दुबै देशको समर्पणलाई थप प्रगाढ पनि बनाउने बिश्वास लिएको जनाएको छ ।

यस थप सहयोग प्रस्तावलाई अब नेपाल सरकारको स्वीकृतिका लागि पठाइने जनाएको छ ।

आर्थिक वृद्धिमार्फत विश्वव्यापी गरिबी निवारण गर्नका निम्ति कार्यरत मिलेनियम च्यालेन्ज कर्पोरेसन अमेरिकी सरकारको एक स्वतन्त्र विकास निकाय हो ।

सन् २००४ मा स्थापित एमसीसीले सुशासन, भ्रष्टाचारविरुद्धको लडाइँ र लोकतान्त्रिक अधिकारको सम्मानसम्बन्धी कडा मापदण्डहरू पुरा गर्ने देशहरूलाई पूर्वाधार निर्माण वा सुधारका साथै नीतिगत तथा संस्थागत सुधारमा लगानी गर्नका निम्ति समयसीमामा बाँधिएका अनुदानहरू उपलब्ध गराउँछ।

You May Also Like

More From Author

+ There are no comments

Add yours