अमेरिकाको क्यालिफोर्नियामा सानो विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, १८ घाइते

१९ पुष, लस एन्जलस । अमेरिकाको क्यालिफोर्निया राज्यको एक व्यापारिक भवनमा एउटा सानो विमान ठोक्किँदा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै अन्य १८ जना घाइते भएका छन् ।

स्थानीय समयअनुसार बिहीबार लस एन्जलसबाट ४० किलोमिटर दक्षिणपूर्वमा रहेको फुलर्टन म्युनिसिपल एयरपोर्ट नजिकै दुर्घटना भएको हो । यसको कारण भने खुल्न सकेको छैन ।

फुलर्टन प्रहरीले एक्समा भनेको छ, “दुई जनाको मृत्यु भएको पुष्टि भएको छ ।” यसका साथै १० जनालाई अस्पतालमा भर्ना गरिएको छ भने अन्य आठ जनाको घटनास्थलमै उपचार गरिएको छ ।

एक प्रहरी अधिकारीले बताएअनुसार मृतकहरू विमानका यात्रु हुन् वा उनीहरू विमान दुर्घटना भएको भवनमा काम गर्ने कामदार थिए भन्नेबारे तत्काल पुष्टि गर्न नसकिएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

टेलिभिजन फुटेजमा भवनको छतमा प्वाल परेको र धुवाँ निस्केको देखिएको छ । “एक ठूलो आवाजसहित जहाज भवनमा ठाक्किँदा हामी तर्सियौँ र त्यसपछि भवनबाट भाग्न थाल्यौँ,” घटनास्थलका प्रत्यक्षदर्शी मध्येका एक जेरोम क्रुजले बताए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours