१८ पुस, काठमाडौँ । ६ अर्ब लगानीमा बनेको गुण ग्रुपको म्यासिफ होटल सञ्चालनमा आएको छ । अवको ६ महिनाभित्र पुर्ण सञ्चालनमा ल्याउन लागिएको गुण ग्रुपको पाँचतारे होटल द म्यासिफको व्यवस्थापन सम्हाल्ने गरी रोयल टुलिप काठमाडौं प्रवेश गरेको हो।
गुण ग्रुपको समूहले बुधबार ललितपुरको ग्वार्कोमा निर्माण सम्पन्न गरी रोयल टुलिपसँग औपचारिक सम्झौता गरेको छ । सम्झौतमा अध्यक्ष राजेन्द्र शाक्य र लुभ्र होटलका निर्देशक एवम भारतको होटल सरोवरका अध्यक्ष अजय कुमार बकायाले हस्तारक्षर गरेका थिए ।
रोयल टुलिपले नेपालमा होटल व्यवस्थापन गर्न लागेको योसँगै दोस्रो हो। यस अघि चितवनको सौराहामा केटीएम ग्रुपको होटल सञ्चालनको तयारीमा छ।
गुण समूहका अध्यक्ष शाक्यले पहिलो चरणमा कन्फ्रेन्स हल, सेमिनार हल सञ्चालनमा ल्याउने तयारी गरेको होटलले ३ महिनापछि कोठा सञ्चालनमा ल्याउने उनले जानकारी दिए ।
प्राइम कमर्सियल बैंकले सुरुमा लगानी गरेको स्मरण गर्दै शाक्यले भने, ’नारायणदास मानन्धर सर प्राइम बैंकको सिइओबाट अवकाश पाउनुअघि मलाई ५० करोड रुपैयाँ ऋण दिन तयार हुनुभएको थियो,’ उनले भने, ’त्यो अवस्थामा हाम्रा लागि दिनुभएको उहाँको सहयोग कहिल्यै बिर्सिदैनौँ ।’
काठमाडौंमा गुण समूहसँगको सहकार्यमा प्रवेश गरेको हो। गुण ग्रुपले ललितपुरको ग्वार्खोमा निर्माण गरेको होटलको व्यवस्थापन सम्हाल्ने गरी बुधबार दुई पक्षिय सम्झौता भएको हो। ‘आजबाट म्यासिफ होटल रोयल टुलिपमा रुपान्तरण भएको घोषणा भयो,’ गुण समुहका अध्यक्ष शाक्यले भने, ‘फ्रान्सको दोस्रो ठूलो अन्तर्राष्ट्रिय चेन भएका कारण रोयल टुलिपसङ्ग व्यवस्थापनको सम्झौता नेपालको लागि माइलस्टोन हुनेछ। ’
होटल निर्माणको क्रममा लगानी जुटाउन समस्या भएको स्मरण गर्दै अध्यक्ष शाक्य प्राइम कमर्सियल बैंकले सहयोग गरेको भन्दै भने, ‘नारायण दास श्रेष्ठ सर प्राइम बैन्कको सिइओबाट अवकास पाउनु अघि मलाइ ५० करोड रुपैया रिण दिन तयार हुनुभएको थियो,’ अध्यक्ष शाक्यले भने, ‘त्यो अवस्थामा हाम्रा लागि दिनु भएको वहाँको सहयोग कहिल्यै बिर्सदैनौ।’
यता, टुलिपका निर्देशक वकायाले उच्चस्तरीय सेवा दिनका लागि जनशक्ति तालिममा केन्द्रित रहेको बताए । ‘यो होटल नै आतिथ्यता र विशेष गरि कन्फ्रेन्स, वैवाहिक समारोहका लागि उपयुक्त होटल रहनेछ’ निर्देशक वकायाले भने ‘हामी उच्च्स्तरिय सेवा दिनका लागि जनशक्ती तालिममा विशेष केन्द्रित रहनेछौ।’
निर्देशक वकायाले लुभ्र अन्तर्गत रोयल टुलिप ब्रान्डमा मासिफ २३ औ होटल रहेको बताए।
सो अवसरमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले रोयल टुलिपसँगको सम्झौता आप कार्यकालकै महत्वपूर्ण रहेको बताए । महर्जनले एकदमै मेहेनती र गल्ती नगरी काम गर्ने परिवार गुण ग्रुपले रोयल टुलिपलाई भित्र्याएर पर्यटन क्षेत्रमा अर्को पाइला थपेको बताए। ‘दिजेन्द्रको बुबा तेजमान शाक्य सपरिवारलाइ देखिरहेको छु,’ मेयर महर्जनले भने,‘वहाँहरुको यो उदाहरणिय कार्यले स्पष्ट पारेको छ।’
ग्रुपका प्रवन्ध निर्देशक दिप्रश शाक्यले यो सम्झौताले मुलुकमा आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकलाई विशेष किसिमको आतिथ्यता प्रदान गर्ने बताए।
’हामीले गन्तव्य मात्र नभइ पाहुनाको अनुभूतिलाई विशेष प्राथमिकतामा राखेका छौं,’ उनले भने, ’हामीले टुलिपलाई ब्राण्डको रूपमा मात्र नभइ विश्वव्यापी रूपमा मुलुकको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ल्याएका हौं।’
हाउजिङ, सपिङ मल, एयरलाइन्स, मिडिया उद्योग क्षेत्रमा लगानी विस्तार गरिरहेको यो समूहको होटल पहिलो हो। ६ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी लगानीमा निर्माण भइरहेको होटलमा ३०२ कोठा रहेका छन्। होटलमा प्रेसिडेण्टल, सुइट, डिलक्स र स्ट्यान्डर्ड लेभलका कोठा रहनेछन्। हरेक कोठामा नेपालीपनसँगै लक्जरी हुनेछ।
होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भने नजिक र काठमाडौं उपत्यकाको चक्रपथ छेउमा अवस्थित छ। होटल पाटन दरबार स्क्वायरबाट दुई किलोमिटर दूरीमा छ। होटलमा स्विमिङ पुल, हेल्थ क्लबसहित बैंक्युट हल हुनेछ। १६ रोपनी क्षेत्रफलमा रहेको होटलमा ३०२ वटा कोठा रहेको इन्जिनियर किरण जोशीले जानकारी दिए ।
होटलमा ६ वटा हल र ३ वटा बैंक्वेट हल छन् । जसमा तीन हजार व्यक्ति क्षमता छ । होटलमा ६०० वटा चारपांग्रे सवारीसाधन पार्किङ क्षमता छ । होटलमा १२ वटा एलिभेटर्स, वाटर ट्रिटमेन्ट प्लान्ट, आफ्नै बोटलिङ प्लान्ट रहेका छन्।
+ There are no comments
Add yours