सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो

१८ पुस, काठमाडौँ । सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेको छ । बुधबार १४०० रुपैयाँले बढेको सुनको भाउ बिहीबार ५०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला एक लाख ५१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन प्रतितोला एक लाख ५१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बिहीबार चाँदी १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ६३३।६५ अमेरिकी डलर र चाँदी प्रतिऔंस २९।३३ डलरमा कारोबार भइरहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours