१६ पुस, काठमाडौँ । सरकारले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी बसेका उद्यमीहरूलाई राष्ट्रिय सम्मान तथा पुरस्कृत गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वदेशमा उद्यम गरी बसेका उद्यमीहरूलाई आवेदन आह्वान गरेको हो ।
उनीहरूको योगदानको कदर र प्रोत्साहनका लागि ‘विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार कार्यविधि,२०७६’अनुसार पुरस्कृत गर्न लागिएकाले २१ दिनभित्र आवेदन दिन मन्त्रालयले मंगलबार प्रकाशित गरेको सूचनामा उल्लेख छ ।
कार्य भिसामा विदेश गई कम्तीमा १ वर्ष काम गरी फर्किएको, वैदेशिक रोजगारीबाट नेपाल फर्की व्यवसाय गरेको एक वर्ष पूरा भएको र विगत ५ वर्षभित्र यस प्रकारको पुरस्कार प्राप्त नगरेकाहरू पुरस्कारका लागि योग्य हुने मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।
विगत वर्षहरुमा यस प्रकारको पुरस्कारका लागि आवेदन पेस गरेको तर पुरस्कारका लागि छनौटमा नपरेका उद्यमीले आवेदन दिनसक्ने छन् ।
+ There are no comments
Add yours