१५ पुस, काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले वार्षिकोत्सवको अवसरमा सोमबार देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेको छ ।
स्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सातै प्रदेशका मुख्य-मुख्य सहरमा प्रभातफेरि कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।
वित्तीय साक्षरता तथा बैंकिङ सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रभावफेरि कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।
काठमाडौंमा आयोजित प्रभात फेरिमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंक सञ्चालक समिति सदस्य, कर्मचारी लगायत सहभागिता थियो ।
१८ पुसमा ग्लोबल आईएमई बैंक १८ वर्ष पूरा गरी १९औं वर्षमा प्रवेश गर्दैछ ।
+ There are no comments
Add yours