१५ पुस, काठमाडौं । एसपिजि अटोमोबाइल्सले क्रिकेटर दिपेन्द्रसिंह ऐरीलाई ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बासडर घोषणा गरेको छ । सोमबार एक कार्यक्रम गरी ऐरीसँग एमओयु हस्ताक्षर भएको हो।
नेपाल प्रिमियर लिगको उत्कृष्ट नेपाली खेलाडी घोषित सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्रलाई सोही अवसरमा पुरस्कार बापत कार पनि हस्तान्तरण गरिएको थियो । शारडा ग्रुपका निर्देशकहरूलगायत विशिष्ट अतिथिहरूको उपस्थितिमा हस्ताक्षर कार्यक्रमसँगै दीपेन्द्र सिंह ऐरी आधिकारिक रूपमा ब्रान्ड एम्बासडर नियुक्त भएका हुन् ।
एमबासडर नियुक्त भएपछि दिपेन्द्रले एनपीएल सफलतापूर्वक सम्पन्न भएको बताउँदै आफूलाई उत्कृष्ट खेलाडी घोषित गरिएकोमा क्यान र ओमोडालाई धन्यवाद पनि दिए । ‘एनपीएल सफल भयो, सबैलाई धन्यवाद । एनपीएलको उत्कृष्ट खेलाडीलाई कार पुरस्कार घोषणा गर्ने क्यान र ओमोडालाई धन्यवाद, भाग्यवश त्यो खेलाडी मै भएँ’ उनले भने, ‘टिममेट र म्यानेजमेन्टलाई पनि फाइनलसम्म पुर्याउन सहयोग गरेकोमा धेरैधेरै धन्यवाद।’
‘यस्तो कार्यले नयाँ क्रिकेट खेलाडीहरूलाई पनि आशा र भरोसासँगै प्रोत्साहन पनि दिन्छ । ओमोडासँग सहकार्य गर्न पाउँदा म खुशी छु । अब हामी एउटै यात्रामा जोडिएका छाैं, ओमोडालाई धन्यवाद’ उनले अगाडि थपे ।
ओमोडा एन्ड जेइको एनपिएलको पहिलो संस्करणको लागि ‘ड्रिभन बाइ’ सह-प्रायोजकको रूपमा रहेको थियो। एनपीएल सुरू हुनुभन्दा अगाडि ओमोडाले नेपाली उत्कृष्ट खेलाडीलाई कार पुरस्कार दिने घोषणा गरेको थियो ।
+ There are no comments
Add yours