१५ पुस, काठमाडौं । सभामुख देवराज घिमिरेले जिमी कार्टरको निधनप्रति शोक व्यक्त गरेका छन् । घिमिरेले शोक वक्तव्य निकालेर कार्टरले नेपालको शान्ति प्रक्रियामा पुर्याएको योगदान सधैं प्रेरणादायी रहने बताएका छन् ।
संयुक्त राज्य अमेरिकाका ३९औं राष्ट्रपति तथा २००२ का नोबेल शान्ति पुरस्कार विजेता जिमी कार्टरको एक सय वर्षको उमेरमा निधन भएको छ ।
‘कार्टरले नेपालको शान्ति प्रक्रियासँगै मानव अधिकार, तथा गरिबी निवारणका क्षेत्रमा पुर्याउनुभएको योगदान सधैं प्रेरणादायी रहनेछ’, सभामुखले भनेका छन् । उनी अगाडि लेख्छन्, ‘नेपालको शान्ति प्रक्रियाको चुनौतीपूर्ण समयमा कार्टर सेन्टरको सक्रिय भूमिकाले सहमति र संवादको वातावरण सिर्जना गर्न महत्त्वपूर्ण योगदान पुर्याएको थियो ।’
कार्टरले द्वन्द्वको समाधान, मानव अधिकारको प्रवद्र्धन र लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउँदै नेपाली जनतालाई शान्ति र समृद्धिको मार्गचित्रमा अगाडि बढ्न प्रेरित गरेको सभामुखले बताएका छन् ।
+ There are no comments
Add yours