१५ पुस, काठमाडौं। हुलास इन्फ्रा र हुलास आइरन इन्डष्ट्रिजले आइपीओ निष्कासन गर्ने भएका छन्। हुलास आइरन इन्डष्ट्रिजले आइपीओ निष्कासनको प्रस्ताव पारित गर्न पुस २५ गते साधारण सभा बोलाएको हो ।
कम्पनीले आइपीओ निष्कासनको प्रक्रिया अघि बढाउने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव साधारण सभाबाट पारित गर्दैछ ।
त्यस्तै, हुलास इन्फ्राले आइपीओ निष्कासको निर्णय साधारणसभाबाट पारित गर्न पुस २१ गते साधारण सभा बोलाएको छ । सभाले आइपीओ निष्काशनको प्रस्ताव पारित गर्नुका साथै नाफनोक्सान हिसाव, लेखापरिक्षकको नियुक्त्ति लगायतका प्रस्ताव पनि पारित गर्ने छ ।
+ There are no comments
Add yours