१५ पुस, काठमाडौँ । नबिल बैंकका चार्टर्ड एकाउन्टेन्ट मनोज कुमार ज्ञवाली सिनियर डिसिइओमा बढुवा भएका छन्। उनी चार्टर्ड एकाउन्टेन्ट ज्ञवाली नेपालको बैंकिङ, वित्तीय तथा आर्थिक नीतिको सम्बन्धमा स्प्रष्ट बक्ता हुन् ।
बैंकको सञ्चालक समितिले आइतबार ज्ञवालीलाई बढुवाको पत्र दिइएको हो ।
उनी नबिल बैंकमा नायब महाप्रबन्धकको रूपमा प्रवेश गरेका थिए। यसअघि ज्ञवाली डेपुटी सीइओ थिए। अब उनीसँगै बैंकमा दुई जना सिनियर डेपुटी सीइओ हुनेछन्।सुजित शाक्य यसअघि सो बैंकमा सिनियर डेपुटी सीइओका रुपमा छन् ।
उनीसँग नियमनकारी निकाय नेपाल राष्ट्र बैंकका साथै अन्य बैंक तथा वित्तीय संस्था, पुँजी बजारमा २ दशकबढी काम गरेको अनुभव छ । नबिल बैंकमा आउनुअघि उनी ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत थिए।
डिसिइओ ज्ञवालीले ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल र ज्योति विकास बैंकलगायतका बैंक तथा वित्तीय संस्थामा काम गरिसकेका छन् ।
+ There are no comments
Add yours