तस्करी र भ्रष्टाचार नियन्त्रण श्रीलङ्काको प्राथमिकता

१४ पुस, काठमाडौँ । श्रीलङ्काले तस्करी र भ्रष्टाचार नियन्त्रण प्रमुख प्राथमिकतामा राखेको छ । राष्ट्रपति अनुरा कुमारा दिसानायकेले लागूऔषधको ओसारपसार, भ्रष्टाचार र अवैध आप्रवासन रोक्न एकीकृत अनुगमन महाशाखा स्थापना गर्न विमानस्थल तथा उड्डयन सेवा र श्रीलङ्का भन्सारका अधिकारीलाई निर्देशन दिएका छन् ।

अनुगमन महाशाखाले अन्य निषेधित वस्तुको प्रवेश, विमानस्थल र भन्सारमा हुने अनियमितता र देशबाट अनधिकृत रुपमा बाहिरिने कार्य रोक्न पनि ध्यान केन्द्रित गरिने जनाएको छ ।

अध्यागमन तथा आप्रवासन विभाग, श्रीलङ्का भन्सार र विमानस्थल तथा उड्डयन सेवाका प्रमुखसँग शनिबार भएको भेटमा राष्ट्रपति दिसानायकेले अधिकारीहरूलाई उक्त निर्देशन दिएका हुन् ।

राष्ट्रपतिले तस्करी रोक्न व्यावहारिक र आधुनिक प्रक्रियाको आवश्यकतामा जोड दिँदै हालको ‘स्क्यानिङ’ उपकरणलाई उन्नत स्क्यानरले प्रतिस्थापन गर्न निर्देशन दिए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours