१४ पुस, काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ संघको नयाँ कार्यसमिति गठन भएको छ ।
शनिबार भएको संघको २५ औं साधारणसभा तथा नवौं अधिवेशनबाट मनिष अग्रवालको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति गठन भएको हो । अध्यक्षमा अग्रवाल चयन हुँदा वरिष्ठ उपाध्यक्ष संजय लामा, प्रथम उपाध्यक्ष रमिता कसजु श्रेष्ठ, दोस्रो उपाध्यक्ष दिल विक्रम श्रेष्ठ चयन भएका छन् ।
त्यस्तै संघको महासचिवमा केदारनाथ बस्ताकोटी चयन भएका छन् भने कोषाध्यक्ष मुकेश अग्रवाल, सचिव टेक बहादुर कार्की र सहकोषाध्यक्ष ऋषि किशोर अग्रवाल रहेका छन्।
उनीहरू २ वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन् ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल, नेपाल उद्योग वाणिज्य संघ वस्तुगत तर्फका उपाध्यक्ष हेमराज ढकाल र नेपाल फर्निचर तथा फर्निसिंघ महासंघका अध्यक्ष युवराज पौडेल लगायतका सदस्य साधारणसभामा उपस्थित थिए ।
नयाँ कार्यसमितिले फर्निचर तथा फर्निसिङ उद्योगको विकास र विस्तारका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको पूर्वपदाधिकारीहरूले बताएका छन् ।
देशभर १२ हजारको संख्यामा फर्निचर व्यवसायी छन् । यो व्यवसायले २ लाखभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको संघको भनाइ छ ।
फर्निचर व्यवसायमा करिब ३० अर्ब रुपैयाँको लगानी छ भने वार्षिक कारोबार ४० अर्ब रुपैयाँभन्दा माथि छ । जसमा कुल कारोबारको ६० प्रतिशत वस्तु विदेशबाट आयात हुँदै आएको अनौपचारिक तथ्यांक छ ।
+ There are no comments
Add yours