३ लघुवितको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१४ पुस, काठमाडौँ । ३ लघुवितको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। आज छिमेक लघुवित्त, जीवन विकास लघुवित्त, आत्मनिर्भर लघुवित्त लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।

छिमेक लघुवित्त वित्तीय संस्थाले पुस २९ गते सोमबार, होटल सामना प्रा.लि. को सभाहल, मकवानपुर, हेटौडामा २३ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यस्तै, जीवन विकास लघुवित्त वित्तीय संस्थाले पुस २८ गते केन्द्रीय कार्यालय, कटहरी–२, मोरङमा वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान साढे १० बजेदेखि सुरु हुनेछ। सभाले १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७३६८ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले पुस २९ गते, सोमबार होटल माला इन, घोराही १५, दाङमा छैठौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

You May Also Like

More From Author

+ There are no comments

Add yours