कक्षा ११ र १२ का विद्यार्थीको विवरण अद्यावधिक गराउन देशभरका सबै पालिकालाई निर्देशन

१३ पौष, काठमाडौँ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा विद्यार्थीको विवरण अद्यावधिक गराउन कक्षा ११ र १२ का विद्यार्थीको विवरण पठाउन देशभरका पालिकाका शिक्षा शाखालाई निर्देशन दिएको छ ।

केन्द्रले देशभरका सात सय ५३ वटै पालिकालाई पत्राचार गर्दै यही पुस २२ गतेभित्र कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीको विवरण अनलाइनमार्फत् अद्यावधिक गराउन निर्देशन दिएको हो ।

केन्द्रले वैकल्पिक शिक्षा प्रणालिबाट भर्ना हुन आएका विद्यार्थी, बिचमा विद्यालय छोडेर पुनः भर्ना हुन आएका विद्यार्थी, विगत वर्षमा प्रणालीमा विवरण अभिलिखित नभएका विद्यार्थी, विदेशी नागरिकका बालबालिका विद्यार्थीहरूको विवरणसमेत समावेशगरी अद्यावधिक गराउदै विवरण पेश गर्न केन्द्रले सबै पालिकालाई भनेको हो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours