सुजुकी मोटरका पूर्वअध्यक्ष ओसामु सुजुकीको निधन

१२ पुस, काठमाडौं । जापानको सुजुकी मोटरको पूर्वअध्यक्ष ओसामु सुजुकीको ९४ वर्षको उमेरमा निधन भएको छ । उनले सुजुकी मोटरमा ४० वर्षभन्दा बढी नेतृत्व गरेको थिए ।

ओसामुले सिजुओकामा मुख्यालय रहेको सुजुकी मोटरलाई संसारकै अग्रणी मोटर कम्पनमा रूपान्तरण गर्न भन्दै सन् २०२१ मा कम्पनीको नेतृत्व छाडेका थिए ।

ओसामु सन् १९३० मा जनवरी ३० मा जापानको एक किसान परिवारमा जन्मिएका थिए । उनी उनको परिवारका चौथो सन्तान थिए । सुरुवातमा राजनीति गरेका उनले पछि सुजुकी परिवारमा विवाह गरेपछि गाडी उद्योगमा करियर थालेका थिए ।

टोक्योस्थित चुओ विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर गरेका ओसामुले एउटा विद्यालयमा कनिष्ठ शिक्षक र रात्रि सुरक्षाकर्मीको जागिर पनि खाएका थिए । १९५३ मा उच्च शिक्षा सकेपछि उनले केही समय बैंकमा पनि जागिर गरेका थिए । लगत्तै सुजुकी परिवारमा विवाह गरेपछि उनले सुजुकी परिवारको व्यापार सम्हालेका थिए ।

काम गर्दै गएपछि सन् १९७८ मा ओसामुले सुजुकी मोटरको नेतृत्व लिएका थिए । त्यसपछि उनले सुजुकीका मिनिकार र मोटरसाइकललाई विश्व बजारमा पुर्‍याएका थिए ।

सुजुकी मोटरलाई उत्तर अमेरिकाको बजार प्रवेश गराउन ओसामुले अमेरिकाको जनरल मोटर्स र युरोपको बजार छिर्न फक्सवागनसँग रणनीतिक गठबन्धन गरेका थिए ।

त्यसैगरी भारतमा कम मूल्यका साना गाडी बिक्री गरेर बजार नेतृत्व गराउन पनि ओसामुले महत्त्वपूर्ण योगदान गरेको सुजुकी मोटर कम्पनीले जनाएको छ ।

‘यदि मैले सबैको कुरा सुनेको थिएँ भने त्यसले सबै काम र विषय धेरै नै ढिलो हुने थियो,’ ओसामुले सन् २००९ मा एक संस्मरणमा लेखेको थिए, ‘म एउटा सानो व्यापार नेतृत्वकर्ता हुँ, त्यसकारण रोकिनु हुन्न, रोकियो भने तपाईंले गुमाउनुहुन्छ ।’

२००८ मा विश्व आर्थिक मन्दी छाएका बेला आसोमुले कम्पनी पहिलो पटक घाटामा गएको घोषणा गरेका थिए ।

उनको कार्यकाल चुनौतीले भरिएका थिए । २०१६ मा सुजुकी मोटरले जापानमा गाडीको इन्धन किफायती परीक्षणका लागि अप्रमाणित विधि प्रयोग गरेको पुष्टि भएपछि हंगामा भएको थियो ।

त्यसपछि कम्पनीले उक्त घटनाबारे सार्वजनिक रूपमा माफी मागेको थियो । त्यसपछि ओसामु पुनः कम्पनीको सीईओ पदमा ओर्लेका थिए र आफ्नो सेवा सुविधा ४० प्रतिशत कटौती गरेको घोषणा गरेका थिए ।

शुक्रबार निधन भएका ओसामु सुजुकीका श्रीमती र तीन छोराछोरी छन् ।

१ सय १५ वर्षअघि स्थापना भएको सुजुकी मोटरले सन् २०२१ मा ३५ खर्ब ६८ अर्ब येन बराबर आम्दानी गरेको थियो । यो यसले ३९ लाख युनिट सवारी उत्पादन गरेको थियो । हाल कम्पनीमा ७० हजार जनाले रोजगरारी पाएका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours