भूकम्प स्मृति बहुउद्देश्यीय कभर्ड हलको उद्घाटन

११ पुस, काठमाडौं । काठमाडौंको डल्लुमा नवनिर्मित बहुउद्देश्यीय कभर्ड हलको उद्घाटन गरिएको छ ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले काठमाडौं-१५ डल्लु अवास क्षेत्रमा निर्माण भएको भूकम्प स्मृति बहुउद्देश्यीय कभर्ड हलको बिहीबार एक समारोहबीच उद्घाटन गरेका हुन् ।

कार्यक्रम एनओसीसँगै डल्लु आवास स्थानीय सहयोग समितिको संयुत्त आयोजनामा भएको थियो । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले यो कभर्ड हल निर्माणका लागि आर्थिक सहयोग गरेको थियो ।

यसको निर्माणका लागि कुल चार करोड ५० लाख रुपैंया खर्च भएको छ । कभर्ड हलको सिल्यानास २०७९ को असोजमा भएको थियो । यसमा भलिबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत इन्डोर खेलको आयोजना गर्न सकिनेछ ।

उद्घाटन अवसरमा अध्यक्ष श्रेष्ठले कभर्डको निर्माणले स्थानीय खेलको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने बताउँदै यसले स्थानीय खेलाडी उत्पादनमा पनि सहयोग गर्ने बताए ।

श्रेष्ठले भने, ‘यो नेपाली खेलकुदका लागि ठूलो उपलब्धी हो । कभर्ड हलका कारण यो क्षेत्रमा खेलकुद विकासमा मदत पुग्नेछ । खेल स्थलकै उपलब्ध भएपछि मात्रै खेलाडी उत्पादनका लागि मदत पुग्ने हो ।’

You May Also Like

More From Author

+ There are no comments

Add yours