११ पुस, काठमाडौं । नेपाली कांग्रेसले सय दिने विशेष अभियानमा काम नसकेका जिल्लाहरुका लागि समयावधि एक महिना थपेको छ । ७ असोजबाट सुरु भएर १६ पुसमा सक्ने गरी समय निर्धारण गरिएको थियो ।
अभियानका प्राकृतिक प्रकोपको असर, स्थानीय तह उपचुनावका कारण अभियान थाल्न भएको ढिलाइ र अन्य विविध कारणले कार्यसम्पादन हुन नसकेका कारणले समयावधि थपिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराए । ती जिल्लाहरूले शहीद दिवसका दिन १६ माघमा समापन गर्ने गरी समयावधि थपिएको पौडेलले बताए ।
जिल्लामा तोकिएका केन्द्रीय प्रतिनिधि, प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति लगायतका सबै समितिलाई थप अवधिमा सांगठनिक रूपले गर्न/गराउन निर्धारित केन्द्रले निर्देशन दिएको छ ।
पार्टीको आन्तरिक संगठनमा कार्य गर्ने गरी ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको छ ।
+ There are no comments
Add yours