मंसिरमा घरजग्गाबाट सबैभन्दा धेरै राजस्व उठाउने कार्यालय लगनखेल, इनरुवाबाट धेरै लिखत पारित

११ पुस, काठमाडाैं । मंसिरमा सबैभन्दा धेरै राजस्व लगनखेल मालपोत कार्यालयले उठाएको छ । लगनखेलले ४१ करोड ७५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

लगनखेल पछि सबैभन्दा धेरै राजस्व संकलन चितवनले गरेको छ । चितवनले एक महिनामा ३८ करोड २६ लाख राजस्व संकलन गरेको छ । यस्तै, कलंकीले ३१ करोड ८४ लाख, चाबहिलले २७ करोड ९३ लाख, भक्तपुरले २६ करोड २४ लाख रुपैयाँ राजस्व उठाएको विभागले जनाएको छ।

यस्तै, डिल्लीबजारले २४ करोड ९० लाख, कास्कीले १६ करोड ५७ लाख, विराटनगरले १२ करोड उठाउँदा इनरुवाले ११ करोड ७३ लाख, काभ्रेले ११ करोड र धनगढीले १० करोड २९ लाख रुपैयाँ राजस्व संकलन गरेका छन्।

कात्तिकमा पनि सबैभन्दा धेरै राजस्व लगनखेल राजस्व कार्यालयले नै उठाएको थियो । कात्तिकमा लगनखेलले २९ करोड ८२ लाख रुपैयाँ उठाएको थियो ।

कात्तिकका तुलनामा मंसिरमा घरजग्गा कारोबारको राजस्व घटेको छ । मंसिरमा ४ अर्ब ६२ करोड राजस्व संकलन भएको छ । जबकि कात्तिकमा ३ अर्ब २४ करोड रुपैयाँ राजस्व उठेको थियो ।

मंसिरमा सुनसरीको इनरुवा मालपोतबाट सर्वाधिक घरजग्गा किनबेच भएको छ। सुनसरीको इनरुवा मालपोतबाट १५ सय ५३ लिखत पारित भएको छ। इनरुवा पछि मोरङको बेलबारी मालपोतबाट धेरै लिखत पारित भएको कार्यालयले जनाएको छ । मोरङको बेलबारी मालपोतबाट १४ सय ४२ लिखत पारित छ ।

यस्तै, झापाको भद्रपुरबाट १३ सय ९८, कैलालीको धनगढीबाट १२ सय २८ र धनुषाको जनकपुरधाम मालपोतबाट ११ सय ३७ लिखत पास भएको छ।

काठमाडौं उपत्यकामा भने भक्तपुर मालपोतले ८८८ लिखत पारित गरेको छ। लगनखेल मालपोतले ८३९, कलंकीले ५६२, चाबहिलले ४२४, साँखुले ३४२, मनमैजुले २३८, डिल्लीबजारले १९५ र टोखाले १४८ लिखत पारित गरेका छन्।

मङ्सिरमा देशभर ४३ हजार तीन सय ७९ सङ्ख्यामा घरजग्गा कारोबार भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ । गत कात्तिकमा देशभर ३३ हजार पाँच सय १४ सङ्ख्यामा घरजग्गा कारोबार भएको थियो ।

विभागका अनुसार मङ्सिरमा सेवा कर २६ करोड छ लाख २५ हजार छ सय ९० रुपैयाँ, रजिष्टे«शन दस्तुर दुई अर्ब ६३ करोड ७८ लाख १२ हजार तीन सय ४० रुपैयाँ बराबर संकलन गरेको छ । त्यस्तै, एक अर्ब ३१ कोड ६३ लाख ४३ हजार सात सय १४ रुपैयाँ बराबरको पुँजीगत लाभकर सङ्कलन गरेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours