१० पुस, काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को ५ महिनामा ४३ करोड बराबरको कलम आयात भएको छ भने १७ करोड बराबरको सिसाकलम (पेन्सिल) आयात भएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार २०८१ साउनदेखि मंसिर मसान्तसम्ममा ४३ करोड ६६ लाख ७२ हजार रुपैयाँको १९ करोड १ लाख ५१ हजार ८०१ वटा कलम आयात भएको छ ।
यसैगरी १७ करोड ५४ लाख ११ हजार रुपैयाँ बराबरको ३ करोड २४ लाख ८७ हजार ९१० वटा सिसाकलम आयात भएको उल्लेख छ ।
+ There are no comments
Add yours