काठमाडौंको बोहराटारबाट ८ लाख बराबरको चोरी

१० पुस, काठमाडौं। काठमाडौं महानगरपालिका–१६ बालाजु बोहोराटारबाट आठ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

बोहराटार बस्ने ४२ वर्षीया दुर्गा बोहोराको घरबाट कोही नभएको अवस्थामा ताला फोडेर नगद ५० हजार रूपैयाँ र सुनका विभिन्न गरगहना समेत गरी करिब ७ लाख ९९ हजार रूपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ ।

चोरीमा संलग्नहरु अहिलेसम्म पक्राउ परेका छैनन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours