१० पुस, काठमाडौं । क्रिसमस अवसरमा बुधबारदेखि नेपालमा दुई नयाँ फिल्म प्रदर्शनमा आएका छन् । जसमा नेपाली भाषाको ‘देववाणी’ र हिन्दी फिल्म ‘बेबी जोन’ छन् ।
‘देववाणी’ एक्सन ड्रामा जनरामा आधातिर फिल्म हो जसलाई बाबुसाहेब बलामीले निर्देशन गरेका हुन् । यो एक मित्रता र बदलाको कथा हो । तपाईंलाई एक्सन फिल्ममा रुचि छ भने यो फिल्म दर्शनीय हुनसक्छ ।
यसमा कुञ्जन भारद्वाज, अञ्जु लेप्चा, सुनिल थापा, ह्यारी जोस, रवीन्द्र झा लगायतको अभिनय छ । पीजी सर्टिफिकेट प्राप्त गरेको यो फिल्मको रनटाइम १३० मिनेट छ ।
बलिउडको एक्सन ड्रामा थ्रिलर फिल्म ‘बेबी जोन’ पनि बुधबारदेखि हलमा रिलिज भएको छ । वरुण धवन, कीर्ति सुरेश, वामिका गब्बी, ज्याकी श्राफको यसमा शीर्ष भूमिका छ । यो फिल्म डीसीपी नामक पात्र वरपर घुम्छ जसले परिवारलाई सुरक्षित राख्न विभिन्न ठाउँहरूमा भ्रमण गर्छ ।
अहिले हलहरूमा पुष्पा २, मोआना २, पूर्णबहादुरको सारङ्गी, तेलभिसा, मुफासा : द लायन किङ प्रदर्शनरत छन् ।
+ There are no comments
Add yours