०९ पुस, लस एन्जलस । अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले सोमबार २१ वटा स्टारलिङ्क उपग्रहहरू प्रक्षेपण गरेको छ ।
स्पेसएक्सका अनुसार पूर्वी समयको १२ः३५ बजे फ्लोरिडास्थित नासाको केनेडी स्पेस सेन्टरमा फाल्कन नौ रकेटमा उपग्रहहरू प्रक्षेपण गरिएको थियो ।
स्पेसएक्सले प्रक्षेपण गरेका २१ उपग्रहहरूमध्ये १३ डायरेक्ट टु सेल क्षमताका छन् ।
स्पेसएक्सका अनुसार, स्टारलिङ्कले उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पहुँच अनुपलब्ध भएका स्थानहरूमा पुर्याउनेछ ।
-रासस/सिन्ह्वा
+ There are no comments
Add yours