रुपन्देहीमा निर्धन संस्थाको आयोजनामा उन्नत बेमौसमी तरकारी खेती तालिम

०९ पुस, काठमाडौं । निर्धन संस्थाको आयोजना तथा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको संयोजकत्वमा रुपन्देहीको महजिदियामा उन्नत बेमौसमी तरकारी खेती तालिम दिइएको छ ।

पुस ८ देखि भएको तालिम १० गते सम्म चल्नेछ । तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी सांस्कृतिक नगरपालिका १० उपमेयर कल्पना हरिजन र विशष्ट अथिति निर्धन संस्थाका उपाध्यक्ष जनार्दन देव पन्तले गरेका थिए ।

कार्यक्रममा हरिजनले संस्थाले आवश्यकता अनुसार तालिम तथा विना धितो ऋण प्रदान गरी व्यवसायी बन्न उत्प्रेरित गर्दै आएको बताइन् ।

उनले यस क्षेत्र तरकारी खेतीको लागि उपयुक्त क्षेत्र भएकोले उन्नत बैमौसमी तरकारी खेती गर्नका लागि सीप प्रदान गरिएको बताइन् । तालिममा सहभागी सदस्यहरुलाई सिप बढाएर उत्पादक क्षेत्रमा लगानी गरी आफ्नो व्यवसाय बढाउन उनले सुझाव दिइन् ।

त्यस्तै अर्का अतिथि पन्तले उद्यमीको क्षमता र संभावना अनुसार उचित सीप, स्रोत, साधन र बजारको पहुँच पु¥याउनु जरुरत रहेको बताए । उनले यस तालिमबाट व्यवसायिक क्षमता अभिवृद्धि भई सहभागीको आम्दानीमा सुधार हुने विश्वास व्यक्त गरे ।

You May Also Like

More From Author

+ There are no comments

Add yours