पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

०९ पुस, काठमाडौँ । पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । आजसम्म कायम सेयरधनीले मात्र माउन्टेन इनर्जी नेपाल, कुथेली बुखरी स्मल हाइड्रोपावर, मञ्जुश्री फाइनान्स, आरएसडिसी लघुवित्त र मिथिला लघुवित्तको लाभांश पाउन सक्ने छन् ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले पुस ११ गते बुकक्लोज गर्दैछन्। पुस १० गते क्रिसमसको सार्वजनिक बिदा भएका कारण नेप्सेमा आजसम्म कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्

माउन्टेन इनर्जी नेपाल लिमिटेडले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। मञ्जुश्री फाइनान्सले हाल कायम चुक्ता पूँजीको ६.३५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने छ ।

यता, कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसैगरी, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ०.७५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

You May Also Like

More From Author

+ There are no comments

Add yours