०९ पुस, काठमाडौँ । मंगलबार सुनको भाउ स्थिर रहेको छ । सोमबार २०० रुपैयाँले बढेको सुनको मूल्य मंगलबार स्थिर बनेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला एक लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, सोमबार प्रतितोला १ हजार ७९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८०५ रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ६१९.५६ अमेरिकी डलर र चाँदी प्रतिऔंस २९.७१ डलरमा कारोबार भइरहेको छ।
+ There are no comments
Add yours