सेयर मूल्यमा नयाँ रेकर्ड बनेका यी ७ कम्पनी

०९ पुस, काठमाडौं । समग्र सेयर बजारको प्रदर्शन कमजोर देखिएका बेला ७ कम्पनीको मूल्य भने हालसम्मकै उच्च भएको छ ।

मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेका कम्पनीहरूमा अधिकांश हाइड्रोपावर कम्पनी छन् । ५ हाइड्रोपावर कम्पनी र दुई लघुवित्तको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

बाराही हाइड्रोपावर, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी, चिरख्वा हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्स र सयपत्री हाइड्रोपावरको मूल्यले नयाँ उचाइ लिएको छ । त्यस्तै उपकार र सपोर्ट माइक्रोफाइनान्सको मूल्य उच्च विन्दुमा पुगेको छ ।

सोमबार बजार बन्द हुँदा बाराही हाइड्रोपावरको ९ सय १३, भूगोल इनर्जी डेभलपमेन्टको ७ सय १५, चिरख्वा हाइड्रोपावरको ७ सय ९९ रुपैयाँ, नेपाल हाइड्रो डेभलपर्सको ७ सय ५४ रुपैयाँ ८० पैसा र सयपत्री हाइड्रोपावरको ८ सय ५५ रुपैयाँ ५० पैसा छ ।

उपकार लघुवित्तको मूल्य प्रतिकित्ता ३ हजार ९ सय र सपोर्ट माइक्रोफाइनान्सको ४ हजार २६ रुपैयाँ २० पैसा पुगेको छ । विगतमा दिएको बोनस सेयर तथा हकप्रद सेयर समायोजनलाई पनि आधार बनाउँदा यी कम्पनीको मूल्य हालसम्मकै उच्च भएको हो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours