निसान र होण्डा मर्जर प्रक्रिया सुरु

०९ पुस, काठमाडौँ । अटो इण्डस्ट्रीका दिग्गज निसान र होण्डा कम्पनी एकापसमा गाभिने भएका छन् । चिनियाँ कम्पनीका गाडीसँग प्रतिस्पर्धा गर्न यी दुई जापानीज कम्पनी गाभिन लागेका हुन् ।

मर्जर प्रक्रियामा दुवै कम्पनीका प्रतिनिधिले सोमबार हस्ताक्षर गरेका छन् ।

यदि मर्ज भएर एकीकृत कारोबार सुरु भएमा यो विश्वको अटो इण्डष्ट्रीमा तेस्रो ठूलो कम्पनी हुनेछ । हालसम्म टोयोटा नै जापानको अग्रणी गाडी निर्माता कम्पनीको रुपमा छ ।

हाल सवारी उद्योग ठूलो बदलावका साथ अगाडि बढिरहेको छ । एकातर्फ जीवाश्म इन्धनको विकल्प रोज्नुपरेको छ भने अर्कोतर्फ चिनियाँ कम्पनीका उत्पादनसँग तीव्र प्रतिस्पर्धा गर्नु परेको छ ।

निसान परिवारको एक सदस्य मित्सुबिसी मोटर्सले पनि आफ्नो व्यावसायलाई एकीकृत गर्नका लागि छलफलमा सहभागी हुन सहमति जनाएको छ ।

निसानका सीईओ माकोतो उचिदाले भनेका छन्- यदि हामी एकीकरणमा सफल भयौं भने हामी ग्राहकको साथमा अझै उत्कृष्ट बन्न सफल हुनेछौं ।

You May Also Like

More From Author

+ There are no comments

Add yours