०८ पुस, काठमाडौं । मरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ७.८९ प्रतिशत लाभांश घोषणा गरेको छ ।
लघुवित्त सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीलाई चुक्ता पूँजीको ७.५ प्रतिशतका दरले हुन आउने ९ करोड ९० लाख बराबर बोनस सयेर र यसको कर प्रयोजनका लागि चुक्ता पूँजीको ०.३९ प्रतिशतले हुन आउने ५२ लाख १० हजार ५ सय २६ रुपैयाँ वितरण गर्ने निर्णय गरेको हो ।
त्यसैगरी बोनस सेयरको कर प्रयोजनार्थ चुक्ता पूँजीको ०.७३६८ प्रतिशतले हुन आउने ९९ लाख २९ हजार ८७ रुपैयाँ बराबर नगद लाभांश दिने निर्णय पनि गरेको छ ।
त्यस्तै सञ्चालक समितिले लघुवित्तको १२औं वार्षिक साधारणसभा ४ माघमा गर्ने र १९ पुस एकदिन सेयर दर्ता किताब बन्द गर्ने निर्णय समेत गरेको छ ।
+ There are no comments
Add yours