०८ पुस, काठमाडौं । नागरिक लगानी कोषले १३ प्रतिशत लाभांश घोषणा गरेको छ ।
कोष सञ्चालक समितिको ७ पुसमा बसेको ८३२औं बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि आम्दानी बाँडफाँट हिसाब विवरण अनुसार सेयरधनीलाई कुल १३ प्रतिशत लाभांश घोषणा गरेको हो ।
कोषका अनुसार कुल लाभांश अन्तर्गत ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश वितरण गरिने छ ।
+ There are no comments
Add yours