०८ पुस, काठमाडौं। हिमालय डिस्टिलरी लिमिटेडले २० प्रतिशत लाभांश घोषणा गरेको छ ।
कम्पनी सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०\८१ का लागि चुक्ता पूँजीको २० प्रतिशतका दरले हुन आउने ५३ करोड ४५ लाख ४ हजार ६ सय ६३ रुपैयाँ बराबर लाभांश घोषणा गरेको हो ।
कम्पनीका अनुसार चुक्ता पूँजीको ५ प्रतिशतले हुन आउने १३ करोड ३६ लाख २६ हजार १ सय ६५ बराबर नगद लाभांश र १५ प्रतिशतले हुन आउने ४० करोड ८ लाख ७८ हजार ४ सय ९७ बराबर बोनस सेयर वितरण हुने छ ।
यस्तै , कम्पनीले चुक्ता पूँजी २ अर्ब ६७ करोड २५ लाख २३ हजार ३ सय १५ बढाएर ३ अर्ब ७ करोड ३४ लाख १ हजार ८ सय १२ रुपैयाँ पुर्याउने निर्णय पनि भएको छ ।
+ There are no comments
Add yours