महालक्ष्मी विकास बैंकले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने

०८ पुस, काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।

बैंकले पुस २९ गते, सोमबार, एलिश रिसेप्सन्स, सुवर्ण सम्शेर मार्ग, गैह्रीधारा, काठमाडौँमा बिहान १० बजे २३ औँ वार्षिक साधारण सभा बोलाएको हो।

सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जस अनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन र बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours