हुन्डाईको क्रेटा बन्यो भारतमा सबैभन्दा धेरै बिक्री हुने गाडी

०७ पुस, काठमाडौँ । दक्षिण कोरियाको अटो कम्पनी ‘हुन्डाइ क्रेटा’ ले नोभेम्बर महिनामा भारतमा सबैभन्दा धेरै गाडि बिक्री गरेको छ । हुन्डाइ क्रेटा फेरी पनि भारतमा सबैभन्दा बढी बिक्री हुने मोडलको सूचीमा पहिलो स्थानमा उक्लिएको हो ।

नोभेम्बरमा हुन्डाइले क्रेटा मोडलका १५ हजार ४५२ युनिट गाडि बिक्री गरेको छ । गत वर्षको सोही अवधिमा ११ हजार ८१४ युनिट क्रेटा बिक्री भएको थियो । गत वर्षको तुलनामा गत वर्षको नोभेम्बरमा क्रेटाको बिक्री ३१ प्रतिशतले बढेको हो ।

हुन्डाईले नाभेम्बरमा सबै मोडल तथा भेरियण्टका गरी ४८ हजार २ सय ४६ गाडि भारतीय बजारमा बिक्री गरेको जनाएको छ । हुन्डाईको क्रेटा मडल आकर्षक डिजाईन, उत्कृष्ट इन्जिन क्षमता, र किफायती मूल्यमा उत्कृष्ट गुणस्तरको संयोजनका कारण धेरै बिक्री हुने गाडीको सूचीमा परेको हो ।

दक्षिण कोरियाको अटो कम्पनी ‘हुन्डाई’ सवारी उत्पादनका हिसाबले विश्वको तेस्रो ठूलो कम्पनी र बजार पुँजीको हिसाबले १६ औं ठूलो कम्पनी हो । सन् १९८२ मा बेलायती बजारमा प्रवेश गरेको हुन्डाइले पहिलो वर्ष नै करिब ३ हजार कार बिक्री गरेको थियो ।

हुन्डाईले विश्वभरि गाडीहरू बिक्री गर्ने गरेको छ भने भारत, चीन, अमेरिका, र युरोप लगायतका स्थानहरूमा प्रमुख बजारहरूको हिस्सा ओगटेको छ ।

हुन्डाई एलांत्रा, हुन्डाई क्रेटा, हुन्डाई आईटेन, हुन्डाई टक्सन, र हुन्डाई कोना हुन्डाईका लोकप्रिय मोडेलहरू हुन् । यसको मुख्यालय दक्षिण कोरियाको सिओलमा स्थित छ ।

कम्पनीले आफ्नो उत्कृष्ट गाडी डिजाइन, किफायती मूल्यका कारण विश्व बजारमा आफ्नो पहिचान मजबूत बनाएको छ । नेपाली बजारमा पनि हुण्डाइका कारहरुको अधिक बिक्री बितरण हुने गरेको छ । किफायती मूल्य, भुगोल अनुकुलका कार, आकर्षक डिाइन लगायत कारले नेपाली बजारमा हुण्डाई लोकप्रिय ब्राण्डका रुपमा स्थापित छ । जसका कारण हुण्डाईका सवारी साधनको रिसेल भ्याल्लू पनि आकर्षक छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours