सञ्चार र मिडियासम्बन्धी काठमाडौं सम्मेलन आजदेखि

०७ पुस, काठमाडौं । सञ्चार र मिडियासम्बन्धी काठमाडौं सम्मेलन २०२४ आजबाट सुरु हुँदैछ ।

त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको क्यामेरा भवनमा सम्मेलन आयोजना गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र सेन्टर फर मिडिया रिसर्च नेपालले आयोजना गर्ने काठमाडौं सम्मेलनमा पत्रकारिता, मिडिया र सञ्चारसँग सम्बन्धित एक दर्जनभन्दा बढि अनुसन्धान प्रस्तुत हुनेछन् ।

सम्मेलनमा पत्रकारिताका प्राध्यापक पी. खरेलको बहुच्यालन र दर्शकको खण्डीकरण विषयमा विशेष प्रस्तुति रहेको छ । भारत, बंगलादेश र श्रीलंकाका विज्ञहरुको पनि प्रस्तुति रहेको छ ।

सम्मेलनमा कृत्रिम बौद्धिकता युगमा मिथ्या सूचनाविरुद्धको लडाइ, मिडिया र भ्रष्टाचार, पत्रकारिताको भविष्य, मिडिया र राज्यको सम्बन्ध, पत्रकारिताको दिगोपनाबारे सम्बन्धित क्षेत्रका विज्ञ, पत्रकार र अनुसन्धानकर्ताहरुबीच छुट्टा–छुट्टै संवाद गर्ने कार्यक्रम छ ।

पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख डा. कुन्दन अर्यालले पत्रकारिता र सञ्चार क्षेत्रमा अध्ययन तथा अनुसन्धानलाई प्रोत्साहन, सञ्चार र पत्रकारिता क्षेत्रका विविध विषयमा संवाद संस्कृतिको विकास, नयाँ नयाँ प्रविधिले ल्याएका अवसरको सदुपयोग र चुनौतीलाई सामना गर्न सहयोग पुर्याउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागेको जानकारी दिए ।

सम्मेलनको उद्घाटन त्रिभुवन विश्वविद्यालयका रजिष्टार प्रा.डा. केदारप्रसाद रिजालले गर्ने कार्यक्रम छ । सम्मेलन दुई दिनसम्म चल्ने छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours