स्टार्टअप उद्यम कर्जाका लागि ५ हजार १५८ आवेदन

०६ पुस, काठमाडौं । स्टार्टअप उद्यम कर्जाका लागि ५ हजार १५८ वटा परियोजना प्रस्ताव परेका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले २०८१ साल भदौ ११ गते स्टार्टअप उद्यमहरूलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्न प्रस्ताव आह्वान गरेको थियो ।

प्रतिष्ठानका अनुसार अनलाइन र अफलाइनबाट गरेर ५ हजार १५८ वटा प्रस्ताव स्टार्टअप उद्यम कर्जामा सहभागिताका लागि आवेदन परेका हुन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार राष्ट्रिय वाणिज्य बैंकले परियोजनाको प्रकृतिको आधारमा अधिकतम २५ लाख रूपैयाँसम्म बिना धितो ३ प्रतिशत ब्याजमा ५ वर्षका लागि स्टार्टअप उद्यम कर्जा प्रदान गर्नेछ । बैंकले कर्जा प्रवाह गर्दा स्वीकृत व्यवसाय वा परियोजना नै धितोको रुपमा राख्नेछ । यसकै लागि ५ हजार १५८ वटा प्रस्तावको आवेदन परेका हुन् ।

नवीनतम ज्ञान, सोच सीप र क्षमता भएका व्यक्तिलाई स्टार्टअप उद्यममा संलग्न हुन उत्प्रेरित गर्न सरकारले चालु आर्थिक वर्षमा लागि एक अर्ब विनियोजन गरेको छ । यो कार्यक्रमबाट ३ प्रतिशत व्याजदरमा कर्जा प्रवाह गर्ने गरी स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८१ स्वीकृत भएको छ ।

यो रकम परिचालन गर्न राष्ट्रिय वाणिज्य बैकसँग सम्झौता भइसकेको छ ।

अब प्राप्त योजनामध्ये स्वीकृत भएका प्रस्तावकर्ताले ३ प्रतिशत व्याजदरमा कर्जा प्राप्त गर्न सक्नेछन् ।

मापदण्ड पूरा गरेका परियोजनाहरूलाई प्रतिष्ठानले प्रारम्भिक सूची तयार गरी निश्चित मिति र समय तोकी व्यावसायिक योजना प्रस्तुतीकरणको लागि आमन्त्रण गर्नेछ । प्रस्तुतीकरण पश्चात पचास वा सोभन्दा बढी अंक प्राप्त गर्ने प्रस्तावलाई प्राप्तांकको आधारमा प्राथमिकीकरण गरी कर्जा प्रवाह हुने प्रतिष्ठानले जनाएको छ ।

विज्ञान, प्रविधि, सूचना तथा सञ्चारसँग सम्बन्धित, अटो मोबाइल सम्बन्धित, परम्परागत प्रविधि, उत्पादन र सेवा प्रवाहको प्रक्रिया सुधारसँग सम्बन्धित, घरायसी वा दैनिक जीवनयापनसँग सम्बन्धित क्षेत्रलाई स्टार्टअप कर्जा प्रदान हुने छ । यस अन्तर्गत कृषि तथा पशुपन्छीसँग सम्बन्धित, वन पैदावारसँग सम्बन्धित, पर्यटन प्रवद्र्धन तथा मनोरञ्जन आद पनि पर्दछन् । ऋ

You May Also Like

More From Author

+ There are no comments

Add yours